गुजरातमाथि दिल्लीको सहज जित

काठमाडौं । दिल्ली क्यापिटल्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३२ औं खेलमा गुजरात टाइटन्समाथि सहज जित निकालेको छ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा दिल्ली ६ विकेटले विजयी भयो ।

गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ८ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीका लागि ज्याक फ्रायसरले १० बलमा २ चौका र २ छक्काको सहयोगमा २० रन बनाए । अभिषेक पोरेलले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा १५ रन बनाए । साइ होपले १० बलमा १ चौका र २ छक्काको सहयोगमा १९ रन बनाए ।

कप्तान रिषभ पन्तले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १६ रन बनाए ।

गुजरातका लागि सन्दीप वारियरले दुई तथा राशिद खान तथा स्पेन्सर जोनसनले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले १७ दशमलब ३ ओभरमा अल आउट हुदै ८९ रन मात्र बनाउँन सक्यो ।

गुजरातका लागि राशिद खानले २४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । राहुल तिवातियाले १५ बलमा १ चौकाको सहयोगमा १० रन बनाए ।

साई सुदर्शनले १२ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । यस इनिङमा जम्मा एउटा छक्का प्रहार भएको थियो ।

दिल्लीका लागि मुकेश कुमारले तीन तथा ट्रिस्टन स्टब्स र इशान्त शर्माले समान दुई दुई विकेट लिए । खलिल अहमद र अक्षर पटेलले समान एक एक विकेट लिए ।

सात खेलमा तेस्रो जितका साथ दिल्ली अंक तालिकाको छैटौं स्थानमा छ । सातौं खेलमा चौथो हारका साथ गुजरात सातौं स्थानमा छ ।





थप समाचार

विश्वकपका लागि अफगानी टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्समाथि लखनाउ सुपर जायन्ट्सले जित निकालेको […]

मुम्बईले लखनाउलाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले लखनाउ सुपर जायन्ट्सलाई जितका लागि […]

पन्तलाई समेट्दै भारतीय टोलीको घोषणा

काठमाडौं । सन्जु सामसनलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि भारतको टोली […]

टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली घोषणा

काठमाडौं । जोफ्रा आर्चरलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली […]

नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको दक्षिण अफ्रिकाले […]