चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ ।

लखनाउको घरेलु मैदानमा भएको खेलमा चेन्नई ८ विकेटले पराजित भयो ।

चेन्नईले दिएको १ सय ७७ रनको लक्ष्य लखनाउले १९ औं ओभरको अन्तिम बलमा २ विकेट गुमाएर पुरा गर्यो ।

लखनाउको जितमा कप्तान केएल राहुल र क्विटन डि ककले अर्धशतकीय ईनिङ खेले । कप्तान राहुलले ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ओपनर क्विटन डि ककले ४३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । पहिलो विकेटका लागि राहुल र डि ककले १ सय ३४ रनको शतकीय साझेदारी गरे ।

निकोलस पुरनले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए ।

चेन्नईका लागि मथिशा पथिराना र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको चेन्नईले अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

चेन्नईका लागि जडेजाले ४० बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अजिंका राहाणेले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए । मोईन अलिले २० बलमा ३ छक्काको सहयोगमा ३० तथा महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २८ रन बनाए ।

कप्तान ऋतुराज गायकवाडले १३ बलमा १७ रन बनाए ।

लखनाउका लागि कुर्नाल पान्ड्याले दुई तथा मोहसिन खान, एस ठाकुर, रवि बिष्नोइ र मार्कस स्टोईनेसले समान एक एक विकेट लिए ।

छैटौं खेलमा चौथो जितका साथ लखनाउ पाँचौ स्थानमा कायम छ । छैटौं खेलमा तेस्रो हार सहित चेन्नई तेस्रो स्थानमा कायमै छ ।

 





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]