चेन्नईमाथि हैदराबादको जित

२०८० चैत्र २३, शुक्रबार २३:०७

काठमाडौं । १७ औं संस्करणको इण्डियन प्रिमियर लिग(आइपीएल)को १८ औं खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्समाथि सनराईजर्स हैदराबादले जित निकालेको छ ।

घरेलु मैदान राजिब गान्धी क्रिकेट स्टेडियममा हैदराबादले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।

चेन्नईले दिएको १ सय ६६ रनको लक्ष्य हैदराबादले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

हैदराबादको जितमा एडेन माकरमले ३६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अभिषेक शर्माले १२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३७ रन बनाए । ट्राभिस हेडले २४ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

शाहबाज अहमदले १९ बलमा १ छक्काको सहयोगमा १८ रन बनाए ।

चेन्नईका लागि मोईन अलि २ तथा महेश तिक्सेना र दिपक चहरले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

चेन्नईका लागि शिभम दुवेले २४ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४५ रन बनाए । अजिङ्का राहाणेले ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

रविन्द्र जडेजाले २३ बलमा ४ चौकाको सहयोगमा अविजित ३१ रन बनाए ।  कप्तान ऋतुराज गायकवाडले २१ बलमा २६ तथा ड्यारियल मिचेलले ११ बलमा १३ रन बनाए ।

हैदराबादका लागि टि नटराजन, प्याट कमिस, भुवेनेश्वर कुमार, जयदेव उन्नादकड र शाहबाज अहमदले समान १/१ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित हात पारेको हैदराबाद पाँचौ स्थानमा उक्लिएको छ । चौथो खेलमा दोस्रो हार व्यहोरेको चेन्नई तेस्रो स्थानमा छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy