चौका र छक्काको वर्षा भएको खेलमा हैदराबाद विजयी

काठमाडौं । चौका र छक्काको वर्षा भएको खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ ।

बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामीमा हैदराबादले २५ रनको सहज जित निकाल्यो ।

हैदराबादले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६२ रन मात्र बनायो ।

बेंगलुरुका लागि फाफ डु प्लेसिस र दिनेश कार्तिकले अर्धशतकीय ईनिङ खेले । कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्काको सहयोगमा ८३ रन बनाए । कप्तान प्लेसिसले २८ बलमा ७ चौका र ४ टक्काको सहयोगमा ६२ रन बनाए ।

विराट कोहलीले २० बलमा ६ चौका र २ छक्काको सहयोगमा ४२ रन बनाए । पहिलो विकेटका लागि फाफ र कोहलीले ३८ बलमा ८० रनको साझेदारी गरेका थिए ।

महिपाल लोमरोरले ११ बलमा २ छक्काको सहयोगमा १९ रन बनाए । बेंगलुरुका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

हैदराबादका लागि कप्तान प्याट कमिंसले तीन तथा मंयक मारकन्डेले दुई विकेट लिए । टि नटराजनले एक विकेट लिए ।

त्यसअघि हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो ।

हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासको सबैभन्दा ठूलो योगफल बनाएको थियो । यसअघि यसै सिजनमा मुम्बई इन्डियन्ससँग हैदराबादले नै बनाएको २ सय ७७ रनको योगफल बनाएको थियो ।

हैदराबादका लागि ट्राभिस हेडले ४१ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेले । हेनरिक क्लासनले ३१ बलमा २ चौका र ७ छक्कको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले ।

दोस्रो विकेटका लागि क्लासन र हेडले २६ बलमा ५७ रन बनाए । ओपनर अभिसेक शर्माले २२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । पहिलो विकेटका लागि हेड र शर्माले ४९ बलमा १ सय ८ रनको शतकीय साझेदारी गर्दै टोलीलाई विष्फोटक सुरुआत गरेका थिए ।

एडेन माकरमले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । मारक्रम र क्लासेनले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।

अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । मारक्रम र समादले चौथो विकेटका लागि अविजित ५६ रनको साझदारी गरे ।

बेंगलुरुका लागि लकि फर्गुसनले दुई तथा रिच टोप्ली एक विकेट लिए ।

यस खेलमा ४३ चौका र ३८ छक्का प्रहार भएको थियो । हैदराबादले पहिलो ईनिङमा १९ चौका र २२ छक्का प्रहार भएको थियो । भने, बेंगलुरुले आफ्नो इनिङमा २४ चौका र १८ छक्का प्रहार गरेको थियो ।

हैदराबाद छ खेलमा चार जितका साथ चौथो स्थानमा छ । सात खेलमा छैटौं हारका साथ बेंगलुरु पुछारमा छ ।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]