दिपेन्द्रले पछि पारे म्याक्सवेललाई

काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेललाई पछि पारेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी) ले जारी गरेको टी-२० आईको अलराउन्डर वरियतामा दिपेन्द्रले म्याक्सवेललाई पछि पारेका हुन् ।

आइसीसीले जारी गरेको पछिल्लो वरियतामा दिपेन्द्र १४ स्थान माथि उक्लिएर ११ औं स्थानमा रहेका छन् । म्याक्सवेल भने एक स्थान तल खस्किएर २० औं स्थानमा छन् । जारी एसीसी प्रिमियर कपमा दिपेन्द्रको अलराउन्ड प्रदर्शन जारी रहेको छ । अलराउन्डर तर्फ नै नेपालका कुशल मल्ल पाँच स्थानमाथि उक्लिदै २८ औं स्थानमा छन् ।

रोहित पौडेल ६२ औं तथा गुलसन झा ६९ औं स्थानमा छन् । टी-२० आईको ब्याटिङ वरियतामा दिपेन्द्र १६ स्थान सुधार गर्दै ६२ औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फ नै कप्तान रोहितकुमार पौडेल ५४ औं तथा आसिफ शेख ७५ औं स्थानमा छन् ।





थप समाचार

विश्वकपका लागि अफगानी टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानको टोली घोषणा भएको छ […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्समाथि लखनाउ सुपर जायन्ट्सले जित निकालेको […]

मुम्बईले लखनाउलाई दियो १४५ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्सले लखनाउ सुपर जायन्ट्सलाई जितका लागि […]

पन्तलाई समेट्दै भारतीय टोलीको घोषणा

काठमाडौं । सन्जु सामसनलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि भारतको टोली […]

टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली घोषणा

काठमाडौं । जोफ्रा आर्चरलाई समट्दै आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि इंग्ल्यान्डको टोली […]

नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको दक्षिण अफ्रिकाले […]