दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ ।

घरेलु मैदान सवाइमान सिंह क्रिकेट स्टेडियममा दोस्रो खेलमा शतप्रतिशत जित कायम गर्ने क्रममा राजस्थानले क्यापिटल्सलाई १२ रनले पराजित गर्यो ।

राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउँन सक्यो ।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३४ बलमा ५ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४९ रन बनाए । ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४४ रनमा अविजित रहे । कप्तान रिषभ पन्तले २६ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए । मिचेल मार्शले १२ बलमा ५ चौकाको सहयोगमा २३ रन बनाए ।

राजस्थानका लागि नान्द्रे बर्गर र युजभेन्द्र चहलले समान २/२ तथा आबेस खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो ।

राजस्थानका लागि रियान परागले ४५ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ८४ रनको अर्धशतकीय ईनिङ खेले । रविचन्द्रन आश्विनले १९ बलमा ३ छक्काको सहयोगमा २९ रन बनाए । रियान र आश्विनले चौथो विकेटका लागि ५४ रनको साझेदारी गरे ।

पराग र धुव्र जुरेलले पाँचौ विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । जुरेलले १२ बलमा ३ चौकाको सहयोगमा २० रन बनाए । सिमरन हिटमायरले ७ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १४ तथा कप्तान सन्जु सामसनले १४ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

छैटौं विकेटका लागि पराग र हिटमायरले १६ बलमा अविजित ४३ रनको साझेदारी गरे । राजस्थानले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

दिल्लीका लागि मुकेश कुमार, एनरिक नोर्किया, खलिल अहमद, कुलदिप यादव र अक्षर पटेलले समान १/१ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको राजस्थान दोस्रो स्थानमा कायमै छ । पराजित दिल्ली अंककिहिन रहदै अंकतालिकाको आठौं स्थानमा छ ।





थप समाचार

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]