काठमाडौं । अफ्रिकी मुलुक जिम्बावे, दक्षिण अफ्रिका र नामिबियामा संयुक्त रुपमा आयोजना हुने २०२७ को एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपाल, नामिबिया र नेदरल्याण्ड्स समिलित त्रिकोणात्मक सिरिज बिहीबारबाट नेपालमा सुरु हुदैछ ।
यस नेपाल सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र नामिबिया खेल्दै छन् । खेल बिहीबार बिहान सवा ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।
नामिबिया नेपालका लागि नौलो प्रतिद्वन्दी होईन । नेपालले नामिबियाविरुद्ध एकदिवसीय अन्तराष्ट्रियमा सातौं पटक खेल्न लागेको हो । जसमा एक खेल वर्षाका कारण रद्द भएकोमा नामिबियाले तीन खेलमा जित हात पार्दा दुई खेलमा भने नेपाल विजयी भएको छ ।
पहिलो पटक गतबर्ष स्कटल्याण्डमा भएको विश्वकप लिग टू अन्तर्गतको सिरिजमा नेपाल र नामिबिया खेलेका थिए । सो खेलमा नामिबिया ४० रनले विजयी भएको थियो ।
टस जितेर ब्याटिङ रोजेको नामिबियालाई नेपालले ४७ दशमलब ३ ओभरमा २ सय २० रनमा अल आउट गरेको थियो । २ सय २१ रनको मध्यम लक्ष्य नेपालको कमजोर ब्याटिङका कारण विशाल लक्ष्यमा परिणत भयो ।
नेपालले ४६ दशमलब ५ ओभरमा पुरै विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । यस खेलमा नेपालका लागि आरिफ शेखले अविजित ५० रनको योगदान गरेपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गरेका थिएनन् । तत्कालिन कप्तान सन्दीप लामिछानेले महत्वपुर्ण ४ विकेट लिएका थिए ।
स्कटल्याण्ड भ्रमणमा नै विश्वकप लिग टू अन्तर्गत नेपालले दोस्रो पटक नामिबियाको सामना गर्यो । १६ जुलाई २०२२ मा कम्बुस्डोन न्यू मैदानमा नेपाल ६३ रनले पराजित भयो । उक्त खेलमा नामिबियाले टस जितेर ब्याटिङ गर्यो ।
नेपालले नामिबियालाई ४९ दशमलब १ ओभरमा १ सय ९९ रनमा अल आउट गरायो । नेपालका लागि तत्कालिन कप्तान सन्दीप लामिछानेले पुनः ४ विकेट लिए । २ सय रनको मध्यम लक्ष्य नेपालका ब्याटरहरुले खराब लयलाई निरन्तरता दिदाँ विशाल लक्ष्यमा परिणत भयो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ तथा आसिफ शेखले ३४ रन बनाएका थिए ।
नामिबियाविरुद्ध तेस्रो खेल विश्वकप लिग टूको अन्तर्गतको नेपाल,नामिबिया तथा स्कटल्याण्ड भएको सहभागी रहेको त्रिदेशीय सिरिजमा नै खेलेको थियो । सो खेल @ डिसेम्बर २०२२ मा नामिबियामा नै भएको थियो । सो खेल वर्षाका कारण रद्द भएको थियो । टस हारेर सो खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ९७ रन बनाएको थियो ।
त्यस खेलमा नेपालका पुर्व कप्तान ज्ञानेन्द्र मल्लले ७५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । आरिफ शेखले २३ तथा आसिफ शेखले २० रन बनाएको सो खेलमा नेपालका अन्य ब्याटरहरु चल्न सकेनन् ।
१ सय ९८ रनको लक्ष्यका साथ दोस्रो ईनिङ सुरु गरेको नामिबियाले ४ बलमा ४ रन बनाउँदा भारी बर्षा भएपछि सो खेल र2 भएको थियो ।
नेपालले चौथो पटक नामिबियाको सामान ७ डिसेम्बर २०२२ मा गरेको थियो । सो खेलमा नेपाल ८६ रनले पराजित भएको थियो । टस जितेको नेपालले पहिले फिल्डिङ गरेको खेलमा नामिबियाले पूरा ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन बनाएको थियो ।
नामिबियाका लागि मिचेल भान लिन्गिनले १ सय २१ रनको शतकीय ईनिङ खेलेका थिए । कप्तान ग्रेहार्ड इरास्मसले ५३ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान निकोलले ४० तथा डिभान ला ककले १८ रन बनाएका थिए ।
नेपालका लागि ललित नारायण राजवंशीले ४ तथा सोमपाल कामीले २ विकेट लिएका थिए ।
२ सय ७६ रनको जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४६ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ८९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४४ तथा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । ज्ञानेन्द्र मल्लले ३० तथा अर्जुन साउदले २९ रन बनाका थिए ।
नेपाल र नामिबियाबीचको पाँचौ खेल गत वर्ष १४ फेब्रुअरीमा नेपालमा नै भएको थियो । विश्वकप लिग टू सिरिज अन्तर्गत नै नामिबिया र नेपालको खेल भएको थियो । यस खेल नेपालले २ विकेटले जितेको थियो ।
सुरुआतमा ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि मिचेल भान लिगेनले १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले तीन विकेट लिए ।
नेपालले २ सय ८६ रनको लक्ष्य ४७ दशमलब ५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले १ सय १५ तथा कप्तान रोहितकुमार पौडेलले ७२ रन बनाएका थिए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यान र जान निकोलले समान तीन तीन विकेट लिएका थिए ।
नेपाल र नामिबियाबीचको पछिल्लो भेट विश्वकप लिग टू को नेपाल सिरिजका क्रममा भएको थियो । १८ फेब्रुअरी २०२३ मा यो खेल भएको थियो । यस खेल नेपालले तीन विकेटले जित निकालेको थियो । पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।
नामिबियाका लागि जान ग्रिनले ६३ बलमा अविजित ७५ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले तीन तथा करण केसीले एक विकेट लिएका थिए । २ सय ७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि आशिफ शेखले ८१ तथा ज्ञानेन्द्र मल्लले ६५ रन बनाएका थिए ।
