नेदरल्यान्ड्सलाई हराउँदै फाइनल सम्भावना बलियो बनाउँने लक्ष्यमा नेपाल

२०८० फाल्गुन १९, शनिबार ०७:१३

काठमाडौं । नेपालमा जारी नेदरल्यान्ड्स, नामिबिया र घरेलु टोली सहभागी त्रिदेशीय टी-ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

नेदरल्यान्ड्स र नेपालबीचको खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ मा हुनेछ । यसै सिरिजको पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई २ रनले हराएको थियो । तर, नामिबियालाई शुक्रबार मात्र ३ रनले हराएर जितका साथ पुनः नेदरल्यान्ड्सको सामना गर्दैछ ।

एक खेलमा जित हात पारेर फाइनल सम्भावना कायमै राखेको नेपाल नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरि सम्भावना झनै बलियो बनाउँन चाहन्छ । सिरिजमा दुई खेल खेलेको नेदरल्यान्ड्स नेपाललाई हराउँदै शतप्रतिशत जितका साथ फाइनलमा स्थान पक्का गर्न चाहान्छ ।

नामिबिया र नेदरल्याण्ड्सबीचमा ३ मार्च अर्थात फागुन २० मा समूह चरणको अन्तिम खेल हुनेछ ।

समूह चरणका शीर्ष दुइ टोलीबीच ५ मार्च अर्थात फागुन २२ मा फाइनल खेल हुनेछ । खेलहरु नेपाली समयअनुसार बिहान साढे ११ मा सुरु हुनेछ ।

नेपाली टोली:

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, राशिद खान, आरिफ शेख, सागर ढकाल र अभिनास बोहोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy