नेपालको सान्त्वना जित

काठमाडौं । आयरल्यान्ड वुल्भ्ससँगको तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई पराजित गरि सान्त्वना जित निकालेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेलमा नेपाल ए ले आयरल्यान्ड वुल्भ्सलाई ३ रनले पराजित गर्यो ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनायो ।

आयरल्यान्डका लागि गारेथ डिलेनी र मोर्गन टोपिङले अर्धशतक बनाए । डिलेनीले ३७ बलमा ५ चौका र ५ छक्का सहित ६८ रन बनाए । टोपिङले ३७ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ६० रन बनाए । पाँचौ विकेटका लागि डिलेनी र टोपिङले १ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर रोस अदिरले १४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए ।

नेपालका लागि विपीन खत्रीले ३ तथा राशिद खान, कमलसिंह ऐरी र नारायण जोशीले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा अविजित ९३ रनको अर्धशतकीय ईनिङ खेले । राशिद खानले १३ बलमा ३ छक्काको सहयोगमा २६ तथा बसिर अहमदले २१ बलमा १९ रन बनाए । कमलसिंह ऐरीले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा अविजित १९ तथा पवन सर्राफले १२ बलमा १३ रन बनाए ।

नेपालले अन्तिम ५ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको थियो ।





थप समाचार

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]