नेपालद्वारा मलेसियालाई ११६ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप सेमिफाइनल खेलमा जितका लागि नेपालले घरेलु टोलीलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनायो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३७ बलमा २९ रन बनाईन् । १० रनमा नै पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान बर्मा र ओपनर कविता कुँवरले ३७ बलमा ३५ रनको साझेदारी गरे । कुँवरले ३१ बलमा २३ रन बनाउँदै रनआउट भईन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाईन् । कप्तान बर्मा र रुबिनाले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रनको साझेदारी गरे ।

चौथो विकेटका लागि कप्तान बर्मा र डलि भट्टले १६ बलमा २१ रनको साझेदारी गरे । भट्टले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाईन् ।

मलेसियाका लागि माहिरा ईस्मालीले २ तथा कप्तान उनिफ्राइड दुराईसिंघमले १ विकेट लिईन् ।

मलेसियालाइ हराउँदै नेपाल आठ बर्ष पछि एसिया कपमा छनोट हुन चाहन्छ । एसिया कपमा छनोट भएमा नेपालले भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको टोलीसँग खेल्ने अवसर पाउने छ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुदैछ ।

मलेसिया र नेपाल अपराजित रुपमा सेमिफाइनल पुगेका हुन् । नेपालले पछिल्लो पटक थाईल्याण्डमा २०१६ मा आयोजना भएको टी-ट्वान्टी एसिया कप खेलेको थियो ।

एसिया कपमा नेपाल दुई पटक छनोट भएको छ । चीनमा भएको २०१२ को एसिया कपमा डेब्यु गरेको नेपालले समूह चरण पार गर्न सकेको थिएन । २०१६ मा भने ६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल छैटौं भएको थियो ।

May be an image of 4 people and text

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई तथा दोस्रो खेलमा भुटानमाथि समान आठ आठ विकेटले र तेस्रो खेलमा माल्दिभ्सलाई २ सय १४ रनले हराएको थियो । क्वाटरफाइनलमा कुवेतलाई आठ विकेटले हराएको थियो ।

प्रतियोगिताको फाइनल पुग्ने दुई टोलीले एसिया कपमा स्थान बनाउँने छन् । पहिलो सेमिफाइनल खेल जितेर युएईले फाइनलमा स्थान बनाईसकेको छ ।





थप समाचार

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]