नेपालद्वारा हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी रहेको एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।

ओमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४४ रन बनाए । सन्दीप जोराले २३ बलमा १ चौकाको सहयोगमा २२ तथा कप्तान रोहितकुमार पौडेलले १९ बलमा २ चौकाको सहयोगमा २१ रन बनाए ।

पहिलो ओभरको दोस्रो बलमा नै ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको नेपालका लागि अर्का ओपनर आसिफ शेखले ११ बलमा ५ रन बनाए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ७ बलमा १२ रन बनाए । कुशल मल्लले १४ बलमा १ छक्काको सहयोगमा १३ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले तीन तथा इसान खान, यातिक ईकवाल र यासिन मुर्ताजाले समान १ विकेट लिए ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]