नेपालले टस जित्यो, अनिल बेन्चमा

२०८० चैत्र २५, आईतवार १२:५५

काठमाडौं । एसएमएस फ्रेन्डसीप कपको फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसिएसनको टिमविरुद्ध टस जितेको छ ।

नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् ।

नेपाली टिममा चार परिवर्तन भएको छ । ललितनारायण राजवंशी, अनिल शाह, प्रतिश जिसी र आकाश चन्द बाहिर रहेका छन् । अभिनास बोहोरा, सोमपाल कामी, आसिफ शेख र कप्तान रोहित पौडेल टिममा फर्किएका छन् ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

नेपालको प्लेईङ-११

रोहित पौडेल, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलसन झा, आसिफ शेख, सोमपाल कामी, करण केसी, अभिनास बोहोरा, दिपेन्द्रसिंह ऐरी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy