नेपालले टस जित्यो, आकाशको डेब्यु

२०८० फाल्गुन २६, शनिबार १०:५२

काठमाडौं । नेपालले घरेलु टोली हङकङविरुद्ध टस जितेको छ ।

हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको छ । नेपालले हङकङविरुद्ध एक खेलको फ्रेन्डसीप कपमा खेल्न लागेको हो ।

नेपालका तीव्र गतिका बलर आकाश चन्दले यस खेलबाट टी-ट्वान्टी आईमा डेब्यु गरेका छन् । आकाश नेपालबाट टी-ट्वान्टी आई खेल्ने ४६ औं खेलाडी हुन् ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, प्रतिश जिसी, सागर ढकाल र आकाश चन्द ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy