काठमाडौं । नेपालले घरेलु टोली हङकङविरुद्ध त्रिदेशीय टी-ट्वान्टी सिरिजको पहिलो खेलमा टस जितेको छ ।
हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको छ । त्रिदेशीय टी-ट्वान्टी सिरिजमा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन् । आईतबार हङकङविरुद्ध खेलेको टिममा नेपालले तीन परिवर्तन गरेको छ ।
आईतबारको खेलमा रहेका राशिद खान, आकाश चन्द र सागर ढकाललाई यस खेलमा आराम दिईएको छ । लोकेश बम, अभिनास बोहोरा र करण केसीले टिममा मौका पाएका छन् । बमले २०२२ मार्च २८ पछि पहिलो पटक टिममा स्थान बनाएका हुन् ।
नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ । नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन् । हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ ।
नेपालको प्लेईङ-११
कुशल भुर्तेल, विनोद भन्डारी(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, अभिनास बोहोरा ।
