नेपालले टस जित्यो, ललित टिममा फर्किए

२०८० फाल्गुन १६, बुधबार ११:०५

काठमाडौं । नेपाली टोलीले दोस्रो खेलमा बुधबार नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदानमा कीर्तिपुरमा नेपालका कप्तान रोहितकुमार पोडेलले टस जितेर बलिङ रोजेको छ । नेपाली टोलीमा दुई परिवर्तन भएको छ । मंगलबारको खेलमा प्लेईङ-११ मा रहेका अभिनास बोहोरा र विवेककुमार यादव बेन्चमा रहेका छन् । ललितनारायण राजवंशी र प्रतिश जिशीले टोलीमा मौका पाएका छन् ।

नेपालले जुनमा हुने टी-ट्वान्टी विश्वकपको तयारीको सुरुआतको रुपमा यो सिरिजलाई लिएको छ । नामिबिया र नेदरल्यान्ड्स पनि विश्वकप खेल्दैछन् । विश्वकपमा नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्स र नेपालबीचको पछिल्लो पाँच टी-ट्वान्टी आई मा नेपालले तीन खेलमा जित हात पार्दा एकमा हार व्यहोरेको छ ।

नेपालको प्लेईङ-११:

रोहितकुमार पौडेल(कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, सन्दीप जोरा ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy