नेपालले टस जित्यो, सोमपाल बेन्चमा

२०८१ बैशाख ५, बुधबार १४:०८

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध नेपालले टस ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

गयरातीको वर्षाका कारण पिच ओसिलो भएका कारण खेल ढिला सुरु भएको हो । खेल ढिला सुरु हुँदा खेललाई आठ ओभरमा छोट्याईएको छ ।

नेपालले टोलीमा एक परिवर्तन पनि गरेको छ । सोमपाल कामीको स्थानमा प्रतिश जिसीले अवसर पाएका छन् ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, अभिनाश बोहोरा, प्रतिश जिसी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy