नेपालले टस जित्यो, हेमन्तको डेब्यु

काठमाडौं । नेपालले क्यानडा विरुद्धको खेलमा टस जितेको छ । क्यानडाविरूद्धकाे सिरिजकाे अन्तिम खेलमा नेपालले टस जितेकाे हाे ।

नेपालका कप्तान रोहतकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । शनिबार भएको दोस्रो खेलमा नेपाली टिममा रहेका चार जना खेलाडीलाई आराम दिईएको छ । हेमन्त धामीले पहिलो पटक टिममा मौका पाएका छन् ।

हेमन्त सहित याे सिरिजमा चार नेपाली क्रिकेटरले ओडिआई डेब्यु गरेका छन् । यस सिरिजमा हेमन्त सहित अाकाश चन्द, सूर्य तामाङ र ररिजन ढकालले डेब्यु गरेका छन् ।

शनिबारको खेलमा टिममा रहेका सोमपाल कामी, सुर्य तामाङ, रिजन ढकाल र आशिफ शेख बेन्चमा रहेका छन् । हेमन्त धामीले नेपालको लागि ओडिआईमा पहिलो पटक स्थान बनाउँदा ललित नारायण राजवंशी, कुशल भुर्तेल र आरिफ शेखले टिममा पुनः स्थान बनाएका छन् ।

May be an image of 4 people and text

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । दोस्रो खेलमा तीन अर्धशतकको सहयोगमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको थियो । यो खेलमा जितका साथ नेपाल घरेलु भुमीमा ओडिआई सिरिज पहिलो पटक क्लिन स्विप गर्न चाहन्छ ।

यस भन्दा अघि नेपालले घरेलु भुमीमा दुई ओडिआई सिरिज खेलेको थियो । दुई मध्ये एकमा हार र अर्कोमा सिरिजमा जित हात पारे पनि सिरिज क्लिन स्विप भने गर्न सकेको थिएन । नेपालले २०२२ मा पपुवा न्युगिनीसँगको दुई खेलको सिरिज २-० ले गुमाएको थियो । २०२२ मा नै युएई विरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो ।

विदेशी भुमीमा भएको सिरिजमा भने नेपालले क्लिन स्विपको नतिजा निकालिसकेको छ । २०२१ मा ओमानमा पपुवा न्युगिनीविरुद्ध नेपालले ओडिआई सिरिज क्लिन स्विप गरेको थियो । क्यानडा पनि जित निकाल्दै सिरिजमा सान्त्वना जित निकाल्न चाहन्छ ।

नेपालको प्लेईङ-११

रोहित पौडेल, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, हेमन्त धामी, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह(विकेटकिपर)





थप समाचार

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

विश्वकपका लागि नामिबियाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नामिबियाको टोली घोषणा भएको छ […]

आइपीएल : चेन्नई र गुजरात खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको ५९ औं खेलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाईटन्सबीच […]