नेपालले टस हार्यो, सोमपाल बेन्चमा

२०८० फाल्गुन १३, आईतवार ०८:३९

काठमाडौं । २०२७ मा दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा आयोजना हुने ओडिआई विश्वकपको छनोटको रुपमा रहेको विश्वकप लिग टू अन्तर्गतको पहिलो त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दैछ । नामिबियाविरुद्ध बुधबारको खेलमा खेलेका दुई जना खेलाडी बेन्चमा रहेका छन् । बुधबारको खेलमा खेलेका सोमपाल कामी र देव खनाल बेन्चमा रहँदा गुलसन झा र आरिफ शेखले मौका पाएका छन् ।

गत शनिबार सिरिजको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । नामिबियासँग भने दुवै खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा जित निकाल्दै नेपाल त्रिकोणात्मक सिरिजलाई सुखद बनाउँन चाहन्छ ।

आठ राष्ट्रको सहभागीता रहने लिग टू सिरिजका शीर्ष चार टोलीले सिधै विश्वकप छनोट स्थान बनाउँने भएकोले यो खेल नेपालका लागि महत्वपुर्ण छ । नेदरल्यान्ड्सलाई गत साता मात्र पहिलो पटक नेपालले घरेलु मैदानमा पराजित गरेको थियो ।

घरेलु भुमीमा नेदरल्यान्ड्सविरुद्ध नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

नेपालको प्लेईङ-११

आसिफ शेख(विकेटकिपर), कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, गुलसन झा, करण केसी, ललितनारायण राजवंशी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy