नेपालले भारतमा त्रिकोणात्मक सिरिज खेल्ने

२०८० फाल्गुन ७, सोमबार १९:२४

काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतमा फ्रेन्डसिप कप टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।

नेपालले भारतमा बरोडा र गुजरात क्रिकेट टोलीसँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । सिरिज ३१ मार्च देखि ७ अप्रिलसम्म हुने भएको छ । सिरिजमा हरेक टोलीले हरेकसँग दुई दुई खेल खेल्ने छन् । ३१ मार्चमा नेपाल र गुजरातबीच खेल हुँदा १ अप्रिलमा बरोडा र गुजरात खेल्नेछन् ।

२ अप्रिलमा नेपाल र बरोडा तथा ३ अप्रिलमा नेपाल र गुजरातबीच खेल हुनेछ । ४ अप्रिलमा बरोडा र गुजरातबीच खेल हुँदा ५ अप्रिल नेपाल र बरोडाबीच समूह चरण अन्तिम खेल हुनेछ । समूह चरणको खेलमा शीर्ष दुई टोलीबीच ७ अप्रिलमा फाइनल खेल हुनेछ ।

यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ । एसीसी प्रिमियर कप १० अप्रिल देखि २३ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ ।

खेल तालिका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy