नेपाल आउने वेस्ट इन्डिज ए टोलीको घोषणा

काठमाडौं । नेपालको सिनियर टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ ।

मंगलबार वेस्ट इन्डिज क्रिकेट बोर्डले रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषणा भएको टोलीमा वेस्ट इन्डिज राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै खेलाडी समावेश रहेका छन् ।

सिरिजको पहिलो खेल बैशाख १५ शनिबार हुनेछ । सिरिजको दोस्रो खेल बैशाख १६ मा तथा तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । पाँचै खेल मध्यान्ह सवा १२ मा सुरु हुनेछ ।

वेस्ट इन्डिजको टोलीसँग नेपालले पहिलो पटक सिरिज खेल्दै छ । नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ । सिरिजका लागि नेपाली टोलीको भने घोषणा भएको छैन ।

वेस्ट इन्डिज ए क्रिकेट टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]