नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको दोस्रो एकदिवसीय खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल आज हुदै छ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ ।

पहिलो एकदिवसीय २१ रनले पराजित नेपाल यो खेल जित्दै सिरिज बराबरी गर्न चाहन्छ । उता, आयरल्यान्ड यस खेलमा जित निकाल्दै एक खेल अगावै सिरिज जित्न चाहन्छ ।

सोमबार सम्पन्न तीन खेलको टी-ट्वान्टी सिरिज भने वुल्भ्सले २-१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी-ट्वान्टी खेलकै टोली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिएका छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल आईतबार हुनेछ ।

नेपाली टोली

विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।





थप समाचार

सम्झनाको अर्धशतकमा सुदुरको लगातार दोस्रो जित

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई पराजित गर्दै लगातार […]

नेपालसँग खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा नेपाल रहेको समूहमा रहेको नेदरल्यान्ड्सले आफ्नो […]

सम्झनाको अर्धशतकमा कोशीलाई १ सय १३ रनको लक्ष्य

काठमाडौं । सम्झना खड्काको अर्धशतकको सहयोगमा सुदुरपश्चिम प्रदेशले राजधानीमा जारी ललितपुर मेयर्स कपको पाँचौ खेलमा कोशी प्रदेशलाई जितका लागि १ […]

एपीएफको लगातार दोस्रो जित, बागमतीको लगातार दोस्रो हार

काठमाडौं । ललितपुर मेयर कपमा विभागीय टोली नेपाल एपीएफ क्लबले लगातार दोस्रो जित हात पार्दा बागमती प्रदेशले लगातार दोस्रो हार […]

बेंगलूरुको लगातार पाँचौ जित, बेंगलूरुको प्लेअफ सम्भावना कायमै

काठमाडौं । दिल्ली क्यापिटल्सविरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरुले लगातार पाँचौ जित निकालेको छ । यस जितसँगै बेंगलूरुले प्लेअफ […]

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]