नेपाल ए र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वल्भ्स र नेपाल ए बीचको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल आज हुदै छ ।

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेबाट सुरु हुदै छ ।

पहिलो र दोस्रो एकदिवसीय पराजित नेपाल यो खेल जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहन्छ । उता, आयरल्यान्ड यस खेलमा जित निकाल्दै सिरिज क्लिन स्विप गर्न चाहन्छ ।

पहिलो एकदिवसीय २१ तथा दोस्रोमा नेपाल १ सय १४ रनले पराजित भएकोल थियो । दुवै खेलमा नेपालले कमजोर ब्याटिङ गरेको थियो ।

गतसाता सम्पन्न तीन खेलको टी-ट्वान्टी सिरिज पनि वुल्भ्सले २-१ ले जितेको थियो ।

एकदिवसीय सिरिजका लागि आयरल्यान्डले टी-ट्वान्टी खेलकै टोली खेलाउँदा नेपाली टोलीमा भने केही परिवर्तन भएको छ । नेपाली टोलीमा भीम सार्की, अर्जुन साउद, अर्जुन कुमाल, रिजन ढकाल जस्ता खेलाडी थपिएका छन् । नेपाली कप्तानमा भने विनोद भन्डारीको निरन्तरता रहेको छ ।

नेपाली टोली

विनोद भण्डारी(कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, रन्जित कुमार, साहाब आलम, रुपेश सिंह, रिजन ढकाल, विकाश आग्री, मौषम ढकाल ।





थप समाचार

मोक्षदालाई हराउँदै सैनिक आवासीय च्याम्पियन

काठमाडौं । मोक्षदा स्कुललाई पराजित गरी सैनिक आवासीय महाविद्यालय जयकुमार नाथ शाह स्मृति यु-१६ टी-२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको च्याम्पियन […]

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]