नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको पहिलो खेल आज

काठमाडौं । नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (शुक्रबार) हुदैछ।

यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल रद्द भएको थियो । बिहिबारको खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहिबार नयाँ तालिका सार्बजनिक गरेको थियो।

जस अनुसार तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज हुने भएको छ । यो खेल टियु मैदान कीर्तिपुरमा अपरान्ह १ बजेदेखि हुने छ।

दोस्रो टी-ट्वान्टी चैत १७ मा र तेस्रो तथा अन्तिम टी-ट्वान्टी १८ गते रहेको छ ।

लगत्तै दुवै बीच तीन खेलको एकदिवसीय सिरिज शुरू हुने छ। उक्त सिरिज चैत २०, २२ र २४ गते हुनेछ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी-ट्वान्टी खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

नेपाली ए टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री





थप समाचार

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]