पञ्जाबमाथि मुम्बईको जित

काठमाडौं । भारतमा जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३३ औं खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई पराजित गरेको छ ।

पञ्जाबको घरेलु मैदान मुल्लापुरमा भएको खेलमा मुम्बई ९ रनले विजयी भयो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ दशमलब १ ओभरमा अल आउट हुदै १ सय ८३ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि आशुतोष शर्माले २८ बलमा २ चौका र ७ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ खेले । शंशाक सिंहले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।

हरप्रित ब्रारले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । आठौं विकेटका लागि ब्रार र शर्माले ५७ रनको साझेदारी गरेर पञ्जाबको जितको सम्भावना देखाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

मुम्बईका लागि जसप्रित बुमराह र जेरार्ड कोट्जेले समान तीन तीन तथा आकाश मधवाल, हार्दिक पान्ड्या र श्रेयस गोपालले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।

मुम्बईका लागि सुर्यकुमार यादवले ५३ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ७८ रनको अर्धशतकीय ईनिङ खेले । रोहित शर्माले २५ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३६ रन बनाए । शर्मा र यादवले दोस्रो विकेटका लागि ८१ रनको सानदार साझेदारी गरे ।

तिलक बर्माले १८ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३४ रन बनाए । तेस्रो विकेटका लागि यादव र बर्माले ४९ रनको साझेदारी गरे । टिम डेबिडले ७ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ रन बनाए । कप्तान हार्दिक पान्ड्याले ६ बलमा १ छक्काको सहयोगमा १० रन बनाए ।

पञ्जाबका लागि हर्षल पटेलले तीन तथा कप्तान साम करन दुई विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।

सातौं खेलमा तेस्रो जितका साथ मुम्बई अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातौं खेलमा पाँचौ हारका साथ पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।





थप समाचार

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]

नेपालले टस हार्यो, रोहित बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

फ्रेजरलाई बाहिर राख्दै अस्ट्रेलियाको टोली घोषणा

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) मा अविश्वनिय प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई बाहिर राखेर आगामी जुनमा अमेरिका र […]