पहिलो कप्तान थापाको सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापा मगरले क्रिकेट खेलाडीको रुपमा सन्यास लिएकी छिन् ।

पुर्व कप्तान नेरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी हुन् । उनले आइतबार सामाजिक सन्जालबाट सन्यासको घोषणा गरेकी हुन् ।

सन् २००७ मा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्दा नेरीको कप्तानीमा टोली घोषणा रहेको थियो । नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमन्स टी-ट्वान्टी रहेको थियो । मलेसियामा भएको सो प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

सन् २००८ मा नेरीकै कप्तानीमा थाईल्यान्डमा नेपालले एसिसी यु.१९ वुमन्स च्याम्पियनसिप खेलेको थियो । मलेसियालाई ७ विकेटले हराउँदै नेपालले सो प्रतियोगिताको उपाधि जितेको थियो ।

१७ वर्षे क्रिकेटरको रुपमा आफ्नो यात्रामा धेरै उतारचढाब आएको नेरीले बताएकी छिन् । उनले नेपालका लागि ११ टी-ट्वान्टी खेलमा १७ विकेट लिनुका साथै ६३ रन बनाएकी छिन् । घरेलु प्रतियोगितामा नेरी हाल नेपाल एपीएफ क्लबमा रहेकी थिइन् ।





थप समाचार

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]

ललितपुर मेयर्स कप आजबाट, बागमती र ललितपुर खेल्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिता आज (शनिबार) बाट सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र […]

वाइड र नो-बल बिनाको त्यो विश्वकप …

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

चेन्नईमाथि गुजरातको सहज जित

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]

गिल र सुदर्शनको शतकमा चेन्नईलाई २३२ रनको लक्ष्य

काठमाडौं । ओपनर शुभमन गिल तथा साई सुदर्शनको शतकको सहयोगमा १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५९ औं […]