पाँचपोखरी क्रिकेट प्रतियोगिता : पाँचपोखरी र ह्याल्मो-११ सेमिफाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

आज भएको खेलमा जितसँगै दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भए ।

मुलपानी क्रिकेट मैदानमा विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७ दशमलब १ ओभरमा मात्र ९६ रनमा अलआउट भएको थियो ।

ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्लेयर अफ द म्याच चुनिएका विजय धितालले ३ दशमलब १ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । मनोज खड्काले ३ र सार्थक धितालले २ विकेट लिएका थिए ।

जवाफमा पाँचपोखरीले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । ओपनर सार्थक धितालले २०, लाक्पा लामाले २४ र विजय धितालले १४ रन जोडे । रिन्जिन लमा र रामकृष्ण दुलालले २/२ विकेट बाँडे ।

यस नतिजाले पाँचपोखरी समूह बी विजेता तथा मेलम्ची समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

अर्को खेलमा ह्योल्मो-११ ले भोटेचौर स्पोर्ट्स क्लबमाथि ९ विकेटको जित निकाल्दै समूह विजेता बन्यो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १ सय २० रनको लक्ष्य १७ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । प्लेयर अफ द म्याच नाम्गिलले ५६ बलमा ८ चौका र १ छक्कासहित नटआउट ६६ रन जोडे । विनोद तामाङले ३८ बलमा ७ चौकासहित ४३ रन बनाए । त्यसअघि पहिलो इनिङमा भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । ओपनर दुर्गेश थापाले ४२ रन जोडेपनि अन्य ब्याटर बाट राम्रो साथ पाएनन् । ह्योल्मोका फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले २/२ विकेट लिए ।

ह्योल्मो-११ समूह विजेता बन्दा पाँचपोखरी हिमालयन क्रिकेट क्लब उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार हुने पहिलो सेमिफाइनलमा ९ बजे ह्योल्मो-११ र मेलम्ची नगरपालिका खेल्नेछन् । दोस्रो सेमिफाइनल पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लबबीच दिउँसो १ बजे हुनेछ । प्रतियोगिता पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ गते देखि आयोजना भइरहेको छ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]