पाँचपोखरी टि२० क्रिकेट : पाँचपोखरी र ह्याल्मो-११ फाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएका छन् । मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल भएको हो ।

प्लेयर अफ द म्याच चुनिएका सार्थकले ब्याटिङतर्फ अर्धशतक प्रहार गरेपछि पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उनले ४४ बलमा ५० रन जोड्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगरले १६ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए । आर्यन धितालले २८ रन जोडे ।

सार्थकले घातक बलिङ गरेपछि जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रन जोड्दै अलआउट भयो । उनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । हिमालयनका ओपनरद्वय पासाङ तामाङले ३३ र आर्या तामाङले २५ रन जोड्नुबाहेक अन्यले खासै प्रभाव जमाउन सकेनन् ।

त्यसअघि ह्योल्मो-११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो । सोनु देवकोटाले २९ रन जोड्नुबाहेक अन्यले खराब ब्याटिङ गर्दा ह्योल्मोले सहज लक्ष्य पाएको थियो । ओपनरद्वय विनोद तामाङ र नाम्गिल शेर्पाले १० ओभरमै विजयी लक्ष्य पूरा गरे । प्लेयर अफ द म्याच चुनिएका विनोदले नटआउट ६० रन बनाए । उनले ३८ बलमा ९ चौका प्रहार गरे । त्यस्तै नाम्गिल २२ बलमा ३ चौकासहित २६ रनमा नटआउट रहे ।

प्रतियोगिताको फाइनल खेल शनिबार विहान ११ बजे मुलपानी क्रिकेट रंगशालामा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टिभीले गर्नेछ ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]