पाँचपोखरी टी-ट्वान्टी : इन्द्रावतीको पहिलो जित, भोटेचौरको लगातार दोश्रो जित

२०८० फाल्गुन १५, मंगलवार १८:५३

काठमाडौं । पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पांचपोखरी क्रिकेट क्लब को प्राबिधिक सहयोगमा जारी जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको आज खेलमा इद्रावती गाउँपालिका र भोटेचौर स्पोर्टस क्लबले जित हात पारेका छन् ।

प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा इद्रावती गाउँपालिकाले पहिलो जित दर्ता गरेको छ। आज भएको पहिले खेलमा माइटी साँगाचोकलाई इन्द्रावतीले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिंग गरेको साँगाचोकले १५ दशमलब ४ ओभर सबै विकेट गुमाई जम्मा ६६ रन बनाएको थियो ।

साँगाचोकका लागि सागर तिमिल्सेना १६ रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोर अंक बनाउन सकेनन् । बलिंग तर्फ इन्द्रावतीका चन्द्रकान्त पौडेलले ४ ओभरमा १४ रन दिएर महत्वपूर्ण ४ विकेट लिए । सुशन चौलागाई, सुमन चौलागाईं र निशान भारतीले समान २/२ विकेट लिन सफल भए।

६७ रनको लक्ष्य इन्द्रावतीले ८ दशमलब २ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । इन्द्रावतीका लागि उमंग धितालले अविजित ३७ रन को योगदान दिए भने चन्द्रकान्तले अविजित २५ रन को योगदान दिए।

माइटी साँगाचोकका सबिन गिरिले २ विकेट लिए । खेल को म्यान अफ द म्याच चन्द्रकान्त पौडेल हुन सफल भए।

आज नै भएको दोस्रो खेलमा दुर्गेश थापाको शतकमा भोटेचौर स्पोर्ट्स क्लबले लगातार दोश्रो जित हासिल गरेको छ । भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी हिमालय क्लबलाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिंगको गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १४१ रन बनाएको थियो।

पांचपोखरीका ब्याटर पासांग दोर्जे तामांगले अर्धसतक प्रहर गरे उनले ४४ बल मा ५१ रन तथा राजु लामाले नटआउट ३६ बल मा ४४ रन बनाए।

१४२ रनको लक्ष्य सहित जबाफी ब्याटिंगमा ओर्लेको भोटेचौर स्पोर्ट्स क्लबले दुर्गेश थापाको अविजित शतकमा १९ दशमलब २ ओभरमा लक्ष्य भेट्टायो ।

No description available.

दुर्गेश थापाले १५ चौका २ छक्का प्रहर गरे। कप्तान अरुण चौलागाई ले २० रन प्रहार गरे। अन्तिम ओभर सम्म गएको खेल भोटेचौर स्पोर्ट्स क्लबले ६ विकेटले जित्न सफल भयो ।

पाँचपोखरी हिमालयन क्रिकेट क्लबका करण तामांग र कर्मा तामांग ले समान १/१ विकेट लिए । खेल को म्यान अफ द म्याच दुर्गेश थापा भए ।

भोलि बिहान ९ बजे पहिलो खेल पाँचपोखरी हिमालयन क्रिकेट क्लब तथा ह्योल्मो एघार माइटी र दिउसो १ बजे माइटी साँगाचोक तथा मेलम्ची नगरपालिकाबीच रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy