पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता आजबाट सुरु

काठमाडौं । पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करण काठमाण्डौको मुलपानीमा सुरु भएको छ ।

शनिबार एक कार्यक्रममका बिच पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले खेलको उद्घाटन गर्नुभयो । प्रतियोगिताको छैटौँ संस्करण अन्तर्गत मैत्रिपुर्ण उद्घाटन खेलमा जनप्रतिनिधिको टिम बिजयी भएको छ । कर्मचारी र जनप्रतिनिधि बिच भएको रोमान्चक खेलमा कर्मचारीलाई जनप्रतिनिधिले ४ रनले पराजित गरेका थिए ।

यसैबिच प्रतियोगिता अन्तर्गत भएको पहिलो खेलमा गतबर्षको विजेता ह्योल्मो ११ ले चौतारा साँगाचोकगढी नगरपालिकालाई १२७ रनको बिशाल रनले पराजित गरेको छ । ह्योल्मो ११ का लागि खेलको म्यान अफ दी म्याच बिनोद तामाङले ७२ रनको अर्धशतकीय पारी खेलेका थिए । आजै भएको दोश्रो खेलमा इन्द्रावती गाउँपालिकालाई पाँचपोखरी क्रिकेट क्लबले ४ विकेटले पराजित गरेको छ ।

टस जितेर व्याटिङ गरेको इन्द्रावतीले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । पाँचपोखरीका लागि विजयकुमार धितालले ४ ओभरमा ११ रन खर्चिएर ३ विकेट हात पारेका थिए । जवाफी व्याटिङ गरेको पाँचपोखरीले १८.२ ओभरमा ६ विकेट गमाएर ९७ रन बनाएको थियो । इन्द्रावतीका लागि शुसन चौलागाई र एकनाथ नेपालले समान २/२ विकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच पाँचपोखरीका विवेक रानामगर भए ।

प्रतियोगित फागुन १९ गते सम्म जारी रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।





थप समाचार

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]

तेस्रो खेलमा नेपाल पराजित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको तेस्रो अभ्यास खेलमा पराजित भएको छ । आइतबार […]

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]