पारस चम्कँदा रेस्ट अफ नेपाललाई १०२ रनको लक्ष्य

काठमाडौं । नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भइरहेको तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधी जित्न रेस्ट अफ नेपालले १ सय २ रनको लक्ष्य पाएको छ ।

तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको पारस खड्का कप्तानीको २०१४ विश्वकप लिजेन्ड्स टोलीले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय रन बनायो ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीका लागि कप्तान पारस खड्काले १२ बलमा ३९ तथा विरेन्द्र शाहले १८ बलमा २९ रन बनाए । प्रफुल्ल वैधले १८ बलमा १३ रन बनाए ।

रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए ।

२०१४ विश्वकप लिजेन्ड्स टोलीले १९९६ लिजेन्ड्सलाई ५ विकेटले हराउदै फाइनलमा स्थान बनाएको थियो । रेस्ट अफ नेपालले भने रुपन्देही लिजेन्ड्सलाई १६ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]