पौडेलको अर्धशतकमा गुजरातलाई १७७ रनको लक्ष्य

२०८० चैत्र २५, आईतवार १४:५२

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतकको सहयोगमा एसएमएस फ्रेन्डसिप कपको फाइनल खेलमा नेपालले गुजरातको टिमलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

गुजरातमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर आसिफ शेखले ३४ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाए ।

कुशल मल्लले १३ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३१ रन बनाए । कुशल भुर्तेलले २१ बलमा १९ रन बनाए ।

गुजरातका लागि जयमित पटेल, तेजस पटेल, शन पटेल र जाला युवराजले समान एक एक विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy