प्रधानमन्त्री कप : सर्वाधिक रनकर्ता ५ ब्याटर

काठमाडौं । प्रधानमन्त्री कप (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबार सकिएको छ । शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले यस संस्करणको उपाधी जितेको छ ।

राउन्डरोबिन लिग फर्म्याटमा भएको यस संस्करणको पिएम कपमा हरेक टोलीले कम्तिमा ९ खेल खेल्ने अवसर पाएका थिए । यस संस्करणको पिएम कपमा १० शतक र ५४ अर्धशतक बनेको थियो । यो संस्करणको पिएम कपले धेरै राम्रा ब्याटरहरु पाएको छ ।

यस संस्करणको पिएम कपमा सर्वाधिक रनकर्ताको शीर्ष ५ मा रहने खेलाडीको नामावली यसप्रकार रहेको छ :

१) अनिल शाह

मधेश प्रदेशका ओपनर अनिल शाहले प्रतियोगिताको उत्कृष्ट ब्याटर भएका थिए । शाहले प्रतियोगिताको ९ खेलमा १ शतक तथा २ अर्धशतक सहित ३ सय ८६ रन बनाएका थिए । उनले ४० चौका र १३ छक्का प्रहार गरेका थिए ।

शाहले गण्डकी प्रदेशविरुद्ध १ सय २७ रनको शतकीय ईनिङ खेलेका थिए । शाहले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका थिए । शाहको सानदार प्रदर्शनको सहयोगमा मधेश प्रदेशले प्रतियोगिताको शीर्ष ४ मा रहदै एलिट ट्रफिमा स्थान बनाएको थियो ।

२) आशुतोष घिरैया

बागमती प्रदेशका ओपनर आशुतोष घिरैया सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहेका थिए । घिरैयाले प्रतियोगितामा उदयीमान खेलाडीको उपाधी समेत पाएका थिए । आशुतोषले प्रतिगोगिताको ९ खेलमा ३ सय ८२ रन बनाए ।

उनको नाममा १ शतक र २ अर्धशतक प्रहार गरेका थिए । आशुतोषले ४५ चौका र ९ छक्का प्रहार गरेका थिए । आशुतोषले कोशी प्रदेशविरुद्ध शतक बनाउँदा नेपाल प्रहरी क्लब र सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका थिए । आशुतोषको शानदार प्रतियोगिता रहेको कारण बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफिमा छनोट भयो ।

३) विनोद भण्डारी

विभागिय टोली त्रिभुवन आर्मी क्लबका कप्तान रहेका विनोद भण्डारी सर्वाधिक रनकर्ताको तेस्रो स्थानमा रहेका थिए । फाइनलमा स्थान बनाएको आर्मीका लागि भण्डारीको योगदानमा महत्वपूर्ण रहेको थियो । फाइनल सहित १० खेल खेलेका भण्डारीले २ शतक सहित ३ सय ५१ रन बनाएका थिए ।

भण्डारीले २७ चौका र १२ छक्का प्रहार गरेका थिए । भण्डारीले मधेश प्रदेश र कर्णाली प्रदेशविरुद्ध शतक बनाएका थिए । उनले प्रतियोगिताको इतिहासमा नै ३ शतक बनाउने कीर्तिमान समेत बनाएका थिए । प्रतियोगिताको उपविजेतामा सिमित आर्मीले एलिट ट्रफिमा स्थान बनायो ।

४) पवन सर्राफ

मधेश प्रदेशका खेलाडी पवनले ९ खेलमा ३ अर्धशतक सहित ३ सय २९ रन बनाएका थिए । पवनले त्रिभुवन आर्मी, नेपाल पुलिस र सुदूरपश्चिम प्रदेशविरुद्ध अर्धशतक बनाएका थिए । उनको महत्वपूर्ण प्रदर्शनको सहयोगमा मधेशले एलिट ट्रफिमा समेत स्थान बनाएको थियो ।

५) मयन यादव

मधेश प्रदेशका ब्याटर मयन यादव सर्वाधिक रनकर्ताको सुचीमा पाँचौ स्थानमा रहेका थिए । मयनले ९ खेलमा २८ चौका र ३ सहयोगमा २ सय ८७ रन बनाए । मयनले सुदूरपश्चिमविरुद्ध १ सय १५ रनको शतकिय ईनिङ खेलेका थिए । मयनले कर्णाली प्रदेशविरुद्ध अर्धशतक बनाएका थिए । मयनको शानदार प्रदर्शनको सहयोगमा मधेशले शीर्ष ४ मा रहेर एलिट ट्रफिमा स्थान बनाएको थियो ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]