फ्रेन्डसिप कप जित्न नेपाललाई २१३ रनको लक्ष्य

२०८० फाल्गुन २६, शनिबार १३:०१

काठमाडौं । हङकङविरुद्ध फ्रेन्डसिप कप जित्न नेपालले २ सय १३ रनको लक्ष्य पाएको छ ।

हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो ।

हङकङका लागि बाबर हायातले ४९ बलमा ३ चौका र १३ छक्काको सहयोगमा १ सय १० रनको शतकीय ईनिङ खेले । टी-ट्वान्टी आई करियरको दोस्रो शतक बाबरले ४६ बलमा ३ चौका र १२ छक्का प्रहार गर्दै पूरा गरे । शतक बनाउँदै बाबर आकाश चन्दको बलमा कप्तान रोहित पौडेको हातबाट क्याच आउट भए ।

अंशुमन रथले ३२ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३९ रन बनाए । रथ प्रतिश जिशीको बलमा आउट भएका थिए । अजिज खानले बलमा रन बनाए । ओपनर मार्टिन कोट्जेले २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । कोट्जे यसै खेलमा डेब्यु गरेका आकाश चन्दको बलमा आउट भए । अर्का ओपनर तथा कप्तान निजाकत खानले खाता खोल्न सकेनन् ।

तेस्रो ओभरको दोस्रो बलमा नै विकेट लिएर हङकङलाई नेपालले दबाबमा ल्याएको थियो । पाँचौ ओभरमा ३४ रन बनाउँदै हङकङ दबाबमा आए पनि तेस्रो विकेटका लागि बाबर हायात र अंशमन रथबीच ८० रनको साझेदारी भएपछि नेपाल दबाबमा आएको थियो ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिशी, राशिद खानले समान १/१ विकेट लिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy