बंगलादेशद्वारा नेपाल पराजित

काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले २६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

बंगलादेशका लागि आरिफुल ईस्लामले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ५९ रन बनाए । जिशान आलमले ४३ बलमा ५५ बनाए ।

नेपालका लागि स्पिनर सुवास भण्डारीले ८ ओभरमा ४४ रन खर्चिएर पाँच विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा १ बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भयो ।

नेपालका लागि विशाल बिक्रम केसीले १ सय बलमा ४८ तथा कप्तान देव खनालले ६० बलमा ३५ रन बनाए । सुवास भण्डारी १८ रनमा अविजित रहँदा ओपनर अर्जुन कुमालले १४ रन बनाए ।

सुपर सिक्सको दोस्रो खेलमा नेपालले शुक्रबार भारतसँग खेल्ने छ ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]