बम कीर्तिमानी शतकका बाबजुत नेपाल ए पराजित

काठमाडौं । लोकेश बमको कीर्तिमानी शतकका बाबजुत आयरल्यान्ड वुल्भ्सले नेपालविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा जित निकालेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा आयरल्यान्डले २१ रनकोे जित हात पार्यो । जितसँगै सिरिजमा आयरल्यान्ड वुल्भ्सले सिरिजमा १-० को अग्रता लिएको छ ।

आयरल्यान्डले दिएको २ सय २३ रनको लक्ष्य नेपालले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २ सय १ रन मात्र बनायो ।

नेपालका लागि बमले ५६ बलमा ९ चौका र ८ छक्काको सहयोगमा १ सय ६ रनको शतकीय ईनिङ खेले । बमले नेपाल ए को ईतिहासमा नै पहिलो शतक बनाएका बमले ५२ बलमा ८ चौका र ८ छक्काको सहयोगमा पूरा गरे । बम र शेखले चौथो विकेटका लागि १ सय २१ रनको सानदार साझेदारी गरे ।

नेपालका चार खेलाडीले रनको खाता नै खोल्न सकेनन् । बम आउट हुँदा २४ बलमा ३४ बल आवश्यक नेपालको तल्लोक्रमका खेलाडीले रन बनाउँन नसक्दा नेपाल पराजित भयो ।

आरिफ शेखले २६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ४९ रनको ईनिङ खेले । कप्तान विनोद भण्डारीले १४ बलमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

१ सय ८९ रनमा तीन विकेट गुमाएको नेपालले १२ रन जोड्दा बाँकी ७ विकेट गुमायो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएका थिए ।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४९ रन बनाए । कप्तान निल रकले २३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए । केड कार्माइकलले २९ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाए ।

स्टेफन डोहेनीले १६ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३४ रन बनाए । गारेथ डिलेनीले १४ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३० रन बनाएका थिए । डिलेनीले अन्तिम ओभरमा मात्र ३ छक्का र १ चौका प्रहार गरेका थिए ।

नेपालका लागि कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए ।





थप समाचार

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]

नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी२० सिरिजको पहिलो खेलमा २ सय ५ रनको लक्ष्य पाएको छ […]

नेपालले टस जित्यो, अनिल खेल्दै

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहितकुमार […]

नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिज आजबाट

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले नेपालको सिनियर राष्ट्रिय टोलीसँग पाँच खेलको टी२० सिरिज आजबाट सुरु गर्दैछ […]

कोलकातामाथि पञ्जाबको ऐतिहासिक जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्समाथि पञ्जाब किंग्सले ऐतिहासिक जित हात पारेको […]

पञ्जाबले कोलकाताबाट पायो २६२ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४२ औं खेलमा कोलकाता नाईटराईडर्सले पञ्जाब किंग्सलाई २ सय ६२ रनको […]