भारतसँग नेपाल पराजित

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भयो ।

भारतले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा १ सय ६५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान देब खनालले ५३ बलमा सर्वाधिक ३३ रन बनाए । ओपनर अर्जुन कुमालले ६४ बलमा २६ तथा अर्का ओपनर दिपक बोहोराले ४२ बलमा २२ रन बनाए । दुर्गेस गुप्ता २९ रनमा अविजित रहँदा आकाश चन्दले अविजित १८ रन बनाए ।

पहिलो विकेटका लागि कुमाल र बोहोराले ४८ रनको साझेदारी गरेका थिए । तर त्यसपछि नियमित रुपमा विकेट गुमाएपछि नेपाल कम रनमा समेटिन पुग्यो ।

अन्तिम विकेटका लागि चन्द र गुप्ताले ४५ रनको अविजित साझेदारी गरेका थिए ।

भारतका लागि सौम्य पाण्डेले चार तथा अर्सिन कुलकर्नीले दुई विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो ।

भारतका लागि सचिन दास र कप्तान उदय सराहनले शतकीय ईनिङ खेले । उनले १ सय १ बलमा ११ चौका र ३ छक्काको सहयोगमा १ सय १६ रन बनाए । दासले ९३ बलमा १० चौका र २ छक्काको सहयोगमा शतक बनाएका थिए ।

कप्तान सराहनले १ सय ६ बलमा ९ चौकाको सहयोगमा शतक पूरा गरेका थिए । शतक बनाएको अर्को बलमा उनी आउट भए ।

भारतका लागि ६२ रनमा ३ विकेट गुमाएको स्थितिमा चौथो विकेटका लागि कप्तान उदय साहरन र दासले २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गरे ।

ओपनर आदर्श सिंहले १८ बलमा २१ तथा प्रियान्शु मोलियाले ३६ बलमा १९ रन बनाए ।

नेपालका लागि गुलसन झाले तीन तथा आकाश चन्दले एक विकेट लिए ।

जितसँगै भारतले अपराजित रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल सुपर सिक्सका दुई खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो । नेपाल सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

विश्वकपमा नेपाल र भारतमा भएको यो तेस्रो खेल हो । तीनै खेलमा भारत अपरािजत रहेको छ ।

नेपालले आफ्नो इतिहासमा भारतलाई एक पटक मात्रै हराएको छ । नेपालले २०१७ को यू–१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।





थप समाचार

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]