भारतीय पुर्ब कप्तान ईपीएल फाईनलको प्रमुख अतिथि

Ajay Jadeja

भारतीय क्रिकेट टिमका पुर्ब कप्तान अजय जडेजा वाईवाई एभेरेस्ट प्रिमियर लिग प्रतियोगिताको फाईनल खेल हेर्न नेपाल आउने भएका छन् l

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिता आयोजक जोहरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख आमिर अख्तरले जडेजा आउने निश्चित भएको बताए l

जडेजा ३ दिन नेपाल बस्ने गरि आउने र भ्रमण क्रममा एपीएल फाईनल खेल अवलोकन गर्नुको साथै, पत्रकारहरु संग कुरा कानी गर्ने र काठमाडौँ भ्रमण पनि गर्न सक्ने जोहराले बताएको छ l

सन् २०१४ मा जोहराले आयोजना गरेको जोर्नी टु वर्ल्डकप प्रतियोगितामा भारतीय स्टार खेलाडी भीभीएस लक्ष्मण नेपाल आएका थिए l त्यस भन्दा अघि २०१२ मा भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनी नेपाल आईसकेका छन् l

जडेजा वाईवाई एपीएल फाईनल खेलको प्रमुख अतिथि हुने समेत जोहरा प्रमुख अख्तरले जानकारी दिएका छन् l यही सेप्टेम्बर २४ गते शनिबार देखि सुरु हुने बहुप्रतिक्षित प्रतियोगिताको फाईनल खेल अक्टोबर ३ तारिकमा हुनेछ l





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]