महिला एसिया कपमा नेपालको यसरी भयो प्रवेश

nepal womens cricket team

काठमाडौं । नेपालले महिला एसिया कप २०२४ मा भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको छ ।

एसियाली क्रिकेट काउन्सिल(एसीसी) ले मंगलबार जारी गरेको खेल तालिकामा नेपालले प्रवेश पाएको जनाएको छ । एक महिना अघि मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपको फाइनल पुग्न नसके पछि नेपालको दोस्रो पटक एसिया कप खेल्ने सपना सकिएको थियो । तर, मंगलबार एसीसीले जारी गरेको खेलतालिकामा नेपालको नाम पाए पछि कपमा नेपालले कसरी प्रवेश पायो भन्ने जिज्ञासा बढेको छ ।

महिला एसिया कपमा सहभागी रहने राष्ट्रको संख्या बढाएसँगै नेपालले एसिया कप खेल्ने मौका पाएको हो । प्रिमियर कपको फाइनलमा पुगेका दुई तथा अफगानिस्तान बाहेक एसियाका चार टेस्ट राष्ट्रको सहभागीता रहने थियो । तर, प्रिमियर कपमा सेमिफाइनलसम्म पुगेका नेपाल र थाइल्यान्डलाई यो मौका दिदै एसीसीले सहभागी राष्ट्रको संख्या ६ बाट ८ पुर्याएको छ ।

एसिया कपमा नेपाल समूह ए मा छ । यस समूहमा नेपाल, भारत, पाकिस्तान र युएई छन् । पाकिस्तानसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुआत गर्ने छ । यस संस्करणको एसिया कप आगामी जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुदैछ ।

प्रतियोगिताको समूह बी मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । हरेक समूहका शीर्ष दुई राष्ट्रले सेमिफाइनलमा स्थान बनाउँनेछन् । सेमिफाइनलका दुवै खेल २६ जुलाईमा हुनेछ । दुवै सेमिफाइलका विजेताबीच २८ जुलाइमा फाइनल खेल हुनेछ ।





थप समाचार

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]