मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४८ औं खेलमा मुम्बई इन्डियन्समाथि लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ ।

घरेलु मैदानमा लखनाउले मुम्बईमाथि ४ विकेटको जित हात पार्यो ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनाउले १९ दशमलब २ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

लखनाउको जितमा मार्कस स्टोयनिसले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान केएल राहुलले २२ बलमा २८ तथा दिपक होडाले १८ बलमा १८ रन बनाए । निकोलस पुरनले १४ बलमा अविजित १४ रन बनाए ।

मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले दुई तथा जेराल्ड कोट्जे, मोहम्मद नाबी र नुवान तुषाराले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।

मुम्बईका लागि निहाल बढेराले ४१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४६ रनको सर्वाधिक ठूलो ईनिङ खेले । टिम डेबिडले १८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित ३५ रन बनाए । इशान किशनले ३६ बलमा ३२ तथा सुर्य कुमार यादवले ६ बलमा १० रन बनाए ।

लखनाउका लागि मोहसिन खानले दुई तथा मंयक यादव, नभिन उल हक, मार्कस स्टोनियस र रवि बिष्नोईले समान एक एक विकेट लिए ।

लखनाउ दश खेलमा छ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । दश खेलमा सातौं हार व्यहोरेको मुम्बई अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । यो हारसँगै मुम्बईको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।





थप समाचार

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० […]

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]

यसरी छानिएका थिए विश्वकप खेल्ने २० राष्ट्र…

काठमाडौं । आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपमा पहिलो पटक २० देशबीच प्रतिस्पर्धा हुदैछ […]

फ्रेजरलाई समेट्दै अस्ट्रेलियाको विश्वकप टोली घोषणा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा शानदार प्रदर्शनका कारण चर्चामा रहेका ज्याक फ्रेजरलाई समेट्दै आगामी जुनमा अमेरिका र वेस्ट […]