यसरी पुग्नेछ दोस्रो पटक एसिया कपमा नेपाल

२०८० चैत्र ४, आईतवार २०:३९

काठमाडौं । आगामी महिना ओमानमा आयोजना हुने एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाल लगातार दोस्रो पटक एसिया कपमा प्रवेश गर्ने छ ।

गत वर्ष घरेलु भुमिमा आयोजना भएको एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपालले पहिलो पटक एसीया कप खेलेको थियो । यसलाई निरन्तरता दिन नेपाल अप्रिल १२ बाट ओमानमा सुरु हुने एसीसी प्रिमियर कपको च्याम्पियन बन्नु पर्ने हुन्छ । एसीसी प्रिमियर कपमा १० देशले प्रतिनिधित्व गर्दै छन् । आईसीसी टी-ट्वान्टी वरियतामा टेस्ट राष्ट्र वाहेक एसियाका शीर्ष ८ देशले सोझै प्रिमियर कपमा स्थान बनाउँदा एसीसी मेन्स च्यालेन्जर्स कपबाट आएका शीर्ष दुई राष्ट्र रहेका छन् ।

सहभागी १० राष्ट्रलाई ५५ राष्ट्र गरि दुई समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह ए मा छ । नेपाल रहेको समूहमा हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस संस्करणको एसिया कप टी-ट्वान्टी फर्म्याटमा हुने हुँदा प्रिमियर कप पनि सोहि फर्म्याटमा हुदैछ ।

नेपालको पहिलो खेलमा अप्रिल १२ मा मलेसियाको सामना गर्ने छ । दोस्रो खेलमा १३ अप्रिलमा कतारसँग खेल्ने नेपालले तेस्रो खेलमा १५ अप्रिलमा हङकङसँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ ।

सेमिफाइनलमा स्थान बनाउँन नेपाल आफ्नो समूहको शीर्ष दुईमा रहनु पर्ने हुन्छ । सेमिफाइनलमा अर्को समूहबाट आएको राष्ट्रलाई पराजित गरेमा नेपाल फाइनल प्रवेश गर्नेछ । अर्को सेमिफाइनल जितेर आएको राष्ट्रसँग नेपालले फाइनल खेल्नेछ । यदी फाइनलमा समेत विजयी भएमा नेपाल लगातार दोस्रो पटक एसिया कपका लागि छनोट हुनेछ ।

समूह बी मा ओमान, युएई, कुवेत, कम्बोडिया र बहराइनसँग छन् । एसिया कप जुनमा टी-ट्वान्टी विश्वकप अघि हुने भए पनि मिति अहिलेसम्म तय भएको छैन ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy