यस्ता छन् नेपालसँग खेल्ने वेस्ट इन्डिज ए को टोलीमा रहेका खेलाडीहरु

काठमाडौं । नेपालको सिनियर क्रिकेट टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ ।

मंगलबार वेस्ट इन्डिज क्रिकेट बोर्डले ४९ टेस्ट खेलेका रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषणा भएको टोलीमा वेस्ट इन्डिज राष्ट्रिय टोलीबाट खेलिसकेका धेरै खेलाडी समावेश रहेका छन् । घोषित टोलीमा वेस्ट इन्डिजको टोलीलाई प्रतिनिधित्व गरिसकेका १२ खेलाडी समावेश रहेका छन् ।

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिज ए मा समावेश खेलाडीहरु यस्ता छन्

१) रोस्टन चेस (कप्तान)

Roston Chase Profile, Photos, Teams and News
अलराउन्डर चेस बारबाडोसमा जन्मिएका ३२ बर्षिय क्रिकेटर हुन् । यिनले वेस्ट इन्डिजका लागि ४९ टेस्टमा २२६५ रन बनाउँनुका साथै ८५ विकेट लिएका छन् । वेस्ट इन्डिजका लागि ४५ ओडिआई खेल खेलेका चेसले ७८३ रन तथा २७ विकेट लिएका छन् । चेसले १३ टी-२० आई खेल खेलेकामा १११ रन तथा ९ विकेट लिएका छन् । नेपाल भ्रमणका क्रममा यिनले टोलीको कप्तानको भुमिका समेत निर्वाह गर्ने छन् ।

२) एलिक एथानाजे

Alick Athanaze| News | Salary | Net worth |

डोमिनिकामा १९९८ मा जन्मिएका एथानेज ब्याटिङ अलराउन्डर हुन् । वेस्ट इन्डिजका लागि एथानाजेले ४ टेस्ट तथा १० ओडिआई खेलेका छन् । टेस्टमा १६८ रन बनाएका एथानाजेले १ विकेट समेत लिएका छन् । ओडीआईमा भने उनले ६६ रन बनाउँदा कुनै विकेट लिन सकेका छैनन् । नेपाल भ्रमणका क्रममा एथानाजेले उपकप्तानको जिम्मेवारी समेत पाएका छन् ।

३) फबिएन एलेन

Matthew Lewis-ICC/ICC via Getty Images

वेस्ट इन्डिज टोलीको प्रतिनिधित्व गरिसकेका किंग्सटनका २८ बर्षिय क्रिकेटर एलेन बलिङ अलराउन्डर हुन् । उनले वेस्ट इन्डिजका लागि ओडीआई तथा टी२० आई खेलिसकेका छन् । २० ओडीआई खेलमा ७ विकेट तथा २०० रन बनाएका छन् । ३४ टी-२० आई खेलमा २४ विकट तथा २६७ रन बनाएका छन् ।

४) कदिम एलियन

Kadeem Alleyne player Trinbago Knight Riders CPL T20 Team

२३ वर्षिय एलियनले अहिलेसम्म वेस्ट इन्डिज टोलीको प्रतिनिधित्व गरेका छैनन् । उनले ६ फस्र्ट क्लास, १४ लिस्ट ए तथा ७ टी.२० खेल भने खेलेका छन् ।

५) जोसुवा विसोप

Joshua Bishop stats, news, videos and records | West Indies ...

यस टोलीमा रहेर वेस्ट इन्डिज टोलीको प्रतिनिधित्व नगर्नेमा विसोप पनि एक हुन् । बारबाडोसका यि क्रिकेटरले १५ फस्ट क्लास, ३७ लिस्ट ए तथा १५ टी-२० खेलिसकेका छन् ।

६) केसी कार्टी

Keacy Carty Profile - Cricket Player West Indies | Stats ...

सेन्ट मार्टिनमा जन्मिएका कार्टीले वेस्ट इन्डिज सिनियर टोलीको प्रतिनिधित्व गरिसकेका छन् । उनले २२ ओडीआई खेलमा ५७८ रन बनाएका छन् । उनले ५ टी-२० खेलमात्र खेलेका छन् ।

७) जोनसन चार्ल्स

Mark Metcalfe-ICC/ICC via Getty Images

२०१२ तथा २०१६ मा वेस्ट इन्डिजले टी२० विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य रहेका चाल्र्सले वेस्ट इन्डिजका लागि टेस्ट क्रिकेट भने खेलेका छैनन् । उनले ५८ ओडीआईमा १५३७ रन तथा १२ विकेट लिएका छन् । ४८ टी२० आईमा भने १०८५ रन बनाएका छन् । उनले टी-२०मा भने २५६ खेल खेलेका छन् ।

८) मार्क दयाल

Randy Brooks - CPL T20/CPL T20 via Getty Images

नेपाल भ्रमणको टोलीमा रहेका सिनियर टोलीबाट नखेल्ने तेस्रो खेलाडी मार्क हुन् । मार्कले १ फस्ट क्लास, १२ लिस्ट ए तथा ४४ टी-२० खेल खेलेका छन् ।

९) आन्द्रे फ्लेचर

Andre Fletcher Profile - Cricket Player West Indies | Stats ...

ग्रिनेडाका ३६ वषर््िाय फ्लेचरले वेस्ट इन्डिजका लागि २५ ओडीआई तथा ५४ टी-२० आई खेलेका छन् । २५ ओडीआईमा ३५४ रन बनाएका उनले ५४ टी२० आईमा भने ९५० रन बनाएका छन् ।

१०) म्याथ्यु फर्ड

Randy Brooks - CPL T20/CPL T20 via Getty Images

बारबाडोसका २१ वर्षिय फर्डले गत वर्ष मात्र वेस्ट इन्डिजका लागि डेब्यु गरेका थिए । फर्डले ४ ओडिआई खेलमा ५ विकेट तथा ३९ रन बनाएका छन् । उनले १ मात्र टी२० खेलमा कुनै विकेट लिन सकेका छैनन् ।

११) ओबेद म्याककोय

Obed McCoy - Age, Height, Career Info, Girlfriend, Family, and More

तीव्रगतिका बलर म्याककोयले वेस्ट इन्डिजका लागि २ ओडिआई तथा ३१ टी-२० आई खेल खेलेका छन् । २ ओडिआई खेलमा उनले ४ विकेट लिएका छन् । उनले ३१ टी-२० खेलमा ४१ विकेट लिएका छन् ।

१२) गुडाकेश मोती

Gudakesh Motie called up for Pakistan tour - Stabroek News

गुयनाका २९ वर्षिय मोतीले वेस्ट इन्डिजका लागि तीनै फम्याटमा खेलेका छन् । उनले ५ टेस्टमा २२ तथा १३ ओडीआईमा २२ विकेट नै लिएका छन् । भने, ५ टी-२० आईमा ५ विकेट लिएका छन् ।

१३) किमो पल

Keemo Paul Profile - Cricket Player West Indies | Stats, Records, Video

२६ बर्षिय गुयनाका अलराउन्डर पलले वेस्ट इन्डिजका लागि तीनै फम्याटमा खेलेका छन् । ३ टेस्ट खेलमा ९६ रन तथा ६ विकेट लिएका पलले ३० ओडिआई खेलमा ३२० रन तथा ३४ विकेट लिएका छन् । २३ टी-२० खेलमा पलले १८७ रन बनाउँनुको साथै २५ विकेट समेत लिएका छन् ।

१४) ओसान थोमस

Oshane Thomas Profile - Cricket Player West Indies | Stats, Records, Video

तीव्र गतिका बलर थोमसले २५ ओडीआई तथा २१ टी-२० आईमा वेस्ट इन्डिजको प्रतिनिधित्व गरिसकेका छन् । २५ ओडीआईमा ३१ विकेट लिएका थोमसले २१ टी-२० आईमा २१ विकेट लिएका छन् ।

१५) हायडेन वाल्स

West Indies player Hayden Walsh tests COVID-19 positive after arrival in Bangladesh | Cricket News - The Indian Express

३२ वर्षिय स्पिनर वाल्सले २३ ओडीआई खेलमा २८ तथा ३८ टी-२० आई खेलमा ३१ विकेट लिएका छन् ।

सिरिजको पहिलो खेल बैशाख १५ शनिबार हुनेछ । सिरिजको दोस्रो खेल बैशाख १६ मा तथा तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । पाँचै खेल मध्यान्ह सवा १२ मा सुरु हुनेछ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]