यू-१९ विश्वकप : नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने भएको छ ।

नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । नेपालले सुपर सिक्समा समूह ए को पहिलो र दोस्रो स्थानको टोलीसँग खेल्नेछ ।

समूह ए बाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान लगभग पक्का गरेका छन् । नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।

तर,भारत र बंगलादेशको समान चार अंक रहेका कारण आइतबार हुने भारत र अमेरिकाको खेल पछि मात्र समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

खेलतालिका अनुसार नेपालले ३१ जनवरी अर्थात माघ १७ मा समूह ए को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ ।

नेपालले २ फेब्रुअरी अर्थात माघ १९ मा समूह ए को शीर्ष स्थानमा रहने टोलीसँग खेल्नेछ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]