राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिप : कर्णाली र आर्मी उपाधीका लागि भिड्ने

काठमाडौं । विराटनगरमा जारी कोशी प्रदेश राष्ट्रिय टी-ट्वान्टी च्याम्पियनसिपको उपाधीका लागि कर्णाली प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

पहिलो सेमिफाइनलमा सूदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।

सूदुरपश्चिमले दिएको १ सय ६४ रनको लक्ष्य आर्मीले ५ बल बाँकी रहदै पूरा गर्यो । आर्मीको जितमा बसिर अहमदले २८ बलमा ५ चौका र २ छक्काको सहयोगमा अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । तृप्त राज दासले ३२ बलमा ७ चौकाको सहयोगमा ३८ रन बनाए । सन्तोष कार्कीले ३१ तथा सन्दीप रजालीले १७ रन बनाएका थिए ।

सूदुरपश्चिमका लागि दीपक बोहोराले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सूदुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो

सुदूरका लागि नारायण जोशीले २२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५९ रन बनाए । किरण ठगुन्नाले ४३ तथा नरेन भट्टले १५ रन बनाए ।

आजै भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै कर्णाली पनि फाइनल प्रवेश गरेको छ ।

लुम्बिनीले दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले १८ दशमलब ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

कर्णालीको जितमा अर्जुन घर्तीले २७ बलमा ४३ तथा दिनेश अधिकारीले २० बलमा ३६ रन जोडे ।

लुम्बिनीका लागि नर सार्की, वीर मगर, कृष्ण कार्की, कप्तान देव खनाल र निर्मल गुरुङले समान १/१ विकेट लिए ।

टसजितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १८ दशमलब २ ओभरमा अल आउट हुदै १ सय ५१ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका ३९ बलमा १० चौका र १ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । ओपनर मिर्नल गुरुङले २२ तथा दिल्शाद अलिले १४ रन बनाए ।

कर्णालीका लागि दीपेन्द्र रावतले ४ तथा प्रकाश जैशीले ३ विकेट लिए । समूह चरणको खेलमा आर्मीले कर्णालीलाई ८ रनले हराएको थियो ।

प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागीता रहेको छ । च्याम्पियनसिपको फाइनल खेल शनिबार हुनेछ ।





थप समाचार

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]