रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली वेस्ट इन्डिजले नेपाललाई १० रनले पराजित गरेको छ ।

जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-१ को बराबरी गरेको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७१ रन अर्धशतकीय ईनिङ खेले । रोहितकुमार पौडेलले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । गुलसन झाले ११ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ओपनर लोकेश बमले १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।

वेस्ट इन्डिज ए का लागि आन्द्र फ्रेल्चरले ३६ बलमा ३ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान रोस्टन चेजले २२ बलमा २ चौका र १ छक्काको २३ रन बनाए । ओपनर जोनसन चाल्र्सले ९ बलमा ११ तथा केसी कार्टी १६ बलमा १० रन बनाए ।

गुणकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक एक विकेट लिए । वेस्ट ईन्डिज ए ले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको थियो ।





थप समाचार

राजस्थानमाथि चेन्नईको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ६१ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्समाथि जित निकालेको […]

एपीएफको सुखद सुरुआत

काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ । पहिलो खेल जितका साथ सुरुआत […]

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]