रोहितको अर्धशतक बाबजुद नेपाल पराजित

२०८१ बैशाख १६, आईतवार १५:४८

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको अर्धशतक बाबजुद नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलको टी-२० सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पाहुना टोली वेस्ट इन्डिजले नेपाललाई १० रनले पराजित गरेको छ ।

जितसँगै वेस्ट इन्डिजले सिरिजमा १-१ को बराबरी गरेको छ ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ७१ रन अर्धशतकीय ईनिङ खेले । रोहितकुमार पौडेलले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । गुलसन झाले ११ बलमा ३ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ओपनर लोकेश बमले १६ बलमा १७ तथा आरिफ शेखले १६ बलमा १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।

वेस्ट इन्डिज ए का लागि आन्द्र फ्रेल्चरले ३६ बलमा ३ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान रोस्टन चेजले २२ बलमा २ चौका र १ छक्काको २३ रन बनाए । ओपनर जोनसन चाल्र्सले ९ बलमा ११ तथा केसी कार्टी १६ बलमा १० रन बनाए ।

गुणकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक एक विकेट लिए । वेस्ट ईन्डिज ए ले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको थियो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy