लगातार तेस्राे जितका साथ क्यानडा शीर्ष स्थानमा

२०८० फाल्गुन २२, मंगलवार २०:०८

काठमाडौं । युएईमा जारी रहेको विश्वकप लिग टू सिरिज अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोलीलाई हराउँदै क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार तेस्रो जित निकाल्ने क्रममा क्यानडाले ८ रनले युएईलाई पराजित गरेको हो ।

क्यानडाले पहिले ब्याटिङ गरेको खेलमा ४९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर २ सय ४१ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो ।

त्यसपश्चात खेल ४६ ओभरमा छोट्याईएको थियो । युएईले २ सय ३७ रनको नयाँ लक्ष्य पाएकोमा ४६ ओभरमा ८ विकेट गुमाएर २ सय २८ रन मात्र बनाउन सक्यो ।

क्यानडाले यसअघि युएई र डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डलाई हराएको थियो । आठ टोली सहभागी लिग टू मा नामिबियालाई पछि पार्दै लिग टू को नवप्रवेशी क्यानडा शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy