विन्दुकाे टिमले ईन्दुको टिमलाई हरायो

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल क्रिकेट संघ(क्यान)द्वारा आयोजित महिला एक्जिभिसन खेलमा विन्दु रावलको टिम विजयी भएको छ ।

रावल कप्तान रहेको नेपाल निलोले राष्ट्रिय महिला टोलीकी कप्तान ईन्दु बर्माको कप्तानीमा रहेको नेपाल रातोलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातो ५ विकेटले पराजित भएको हो ।

नेपाल रातोले दिएको १ सय २१ रनको लक्ष्य नेपाल निलोले निर्धारित २० ओभर सकिन दुई बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपाल निलोका लागि कविता जोशीले ४३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । रुबि पोदारले ४७ बलमा अविजित ४५ रन बनाईन् ।

नेपाल रातोका लागि राजमती ऐरीले २ तथा सोनी पाख्रीनले १ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल रातोले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

नेपाल रातोका लागि काजोल श्रेष्ठले ५१ बलमा अविजित ५६ रनको अर्धशतकीय ईनिङ खेलिन् । सोनी पाख्रीनले २८ बलमा २७ रनको योगदान दिईन् ।

नेपाल निलोका लागि खुसी डंगोल र संस्कृती फुयालले समान २/२ विकेट लिए ।

 





थप समाचार

सुदूरद्वारा ललितपुर पराजित

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोली ललितपुर मेयर्स एघारलाई डिएलएसमा पराजित गरेको छ […]

सुदूरद्वारा ललितपुरलाई १२३ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर्स कपको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक टोलीलाई ललितपुर मेयर्स एघारलाई जितका लागि १ सय […]

जुनियर देखि सिनियर सोमपालको विश्वकप यात्रा..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट ईन्डिजमा संयुक्त रुपमा आयोजना हुदै गरेको टी-२० विश्वकप खेल्दैछ । नेपालले दश […]

मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिवार भएको खेलमा मुम्बई इन्डियन्समाथि जित निकाल्दै कोलकाता नाइट राइडर्स […]

कृतिका चम्कँदा बागमतीमाथि ललितपुरको सहज जित

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशमाथि सहज जित निकालेको छ […]

कृतिका चम्कँदा बागमती ५२ रनमा अल आउट

काठमाडौं । ललितपुर मेयर्स कपको पहिलो खेलमा स्पिनर कृतिका मरासिनी चम्कँदा ललितपुर मेयर्स एघारले बागमती प्रदेशलाई ५३ रनको लक्ष्य दिएको […]