विन्दुकाे टिमले ईन्दुको टिमलाई हरायो

२०८० फाल्गुन २५, शुक्रबार १८:५८

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल क्रिकेट संघ(क्यान)द्वारा आयोजित महिला एक्जिभिसन खेलमा विन्दु रावलको टिम विजयी भएको छ ।

रावल कप्तान रहेको नेपाल निलोले राष्ट्रिय महिला टोलीकी कप्तान ईन्दु बर्माको कप्तानीमा रहेको नेपाल रातोलाई पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातो ५ विकेटले पराजित भएको हो ।

नेपाल रातोले दिएको १ सय २१ रनको लक्ष्य नेपाल निलोले निर्धारित २० ओभर सकिन दुई बल अगावै ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपाल निलोका लागि कविता जोशीले ४३ बलमा अविजित ५९ रनको अर्धशतकीय ईनिङ खेलिन् । रुबि पोदारले ४७ बलमा अविजित ४५ रन बनाईन् ।

नेपाल रातोका लागि राजमती ऐरीले २ तथा सोनी पाख्रीनले १ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल रातोले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनाएको थियो ।

नेपाल रातोका लागि काजोल श्रेष्ठले ५१ बलमा अविजित ५६ रनको अर्धशतकीय ईनिङ खेलिन् । सोनी पाख्रीनले २८ बलमा २७ रनको योगदान दिईन् ।

नेपाल निलोका लागि खुसी डंगोल र संस्कृती फुयालले समान २/२ विकेट लिए ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy