काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको पाँच खेलकाे टी-२० सिरिजको दोस्रो खेलमा नेपालले कसिलो बलिङको सहयोगमा १ सय ६१ रनको लक्ष्य पाएको छ ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।
वेस्ट इन्डिज ए का लागि आन्द्र फ्रेल्चरले ३६ बलमा ३ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान रोस्टन चेजले २२ बलमा २ चौका र १ छक्काको २३ रन बनाए । ओपनर जोनसन चाल्र्सले ९ बलमा ११ तथा केसी कार्टी १६ बलमा १० रन बनाए ।
गुणकेश मोतीले ८ बलमा २ चौका र ४ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान दुई दुई तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक एक विकेट लिए । वेस्ट ईन्डिज ए ले अन्तिम पाँच ओभरमा ३ विकेट गुमाएर ६७ रन बनाएको थियो ।