वेस्ट इन्डिजसँगको टी-२० आगामी शनिबारबाट

२०८१ बैशाख ८, शनिबार २०:३६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीचको पाँच खेलको टी-२० सिरिज आगामी शनिवारबाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपाल र वेस्ट इन्डिज ए बीचमा पाँच खेलको टी-२० सिरिज आयोजना हुँदैछ ।

सिरिजको पहिलो खेल बैशाख १५ शनिबारबाट हुनेछ । सिरिजको दोस्रो खेल बैशाख १६ मा तथा तेस्रो खेल बैशाख १९ मा हुनेछ । चौथो खेल बैशाख २० मा हुँदा पाँचौ तथा अन्तिम खेल बैशाख २२ मा हुनेछ । पाँचै खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुनेछ । पाँचै खेल मध्यान्ह सवा १२ मा सुरु हुनेछ ।

वेस्ट इन्डिजको टोलीसँग नेपालले पहिलो पटक सिरिज खेल्दै छ ।नेपाली टोलीले टी-२० विश्वकपको तयारीका लागि यो सिरिज खेल्दै छ ।

यस सिरिजका लागि दुवै टोलीको घोषणा भएको छैन ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy