साउदीविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले आज (बुधबार) साउदी अरेबियाको सामना गर्दै छ ।

ओमानको मस्कटमा हुने खेल नेपाली समय अनुसार पौने १२ बाट सुरु हुनेछ । नेपाल एक अगावै समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरिसकेका कारण यस खेलमा प्लेईङ-११ मा केही परिवर्तनको सम्भावना छ ।

सोमबार हङकङविरुद्धको खेलबाट नेपालले तीन परिवर्तनको सम्भावना रहेको छ । सोमबारको खेलमा बेन्चमा रहेका प्रतिश जिसी, अनिलकुमार शाह र विवेक यादवले यस खेलमा मौका पाउने सम्भावना छ ।

साउदी अरेबियाविरुद्धको खेलमा नेपालको प्लेईङ-११ यसप्रकारको रहने सम्भावना छ ।

नेपालको ओपनरमा कुशल भुर्तेल र अनिल शाहको सम्भावना छ । नियमित ओपनर आसिफ शेखलाई यस खेलमा आराम दिई बेन्चमा रहेका अनिलकुमार शाहले मौका पाउने सम्भावना छ । तेस्रो नम्बरमा नियमित झै कप्तान रोहितकुमार पौडेलको सम्भावना छ । चौथो नम्बरमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले मौका पाउने सम्भावना छ ।

पाँचौ नम्बरमा सन्दीप जोराले अवसर पाउने सम्भावना छ । छैटौं नम्बरमा अलराउन्डर कुशल मल्लले मौका पाउने सम्भावना छ । सातौं नम्बरमा अर्का अलराउन्डर गुलसन झाको सम्भावना छ । आठौं नम्बरमा हङकङविरुद्धको खेलमा खेलेका करण केसीको स्थानमा विवेक यादवले मौका पाउने सम्भावना छ ।

नवौं नम्बरमा यस अघिको खेलमा टिममा रहेका सोमपाल कामीको स्थानमा प्रतिश जिसीको सम्भावना रहेको छ । दशौं नम्बरमा अभिनास बोहोराको सम्भावना रहँदा एघारौं नम्बरमा ललितनारायण राजवंशीको सम्भावना छ ।

नेपालको सम्भावित प्लेईङ-११

कुशल भुर्तेल, अनिलकुमार शाह(विकेटकिपर), रोहितकुमार पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, विवेक यादव, प्रतिश जिसी, अभिनास बोहोरा र ललितनारायण राजवंशी ।





थप समाचार

दिल्लीमाथि कोलकाताको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्समाथि सहज जित हात पारेको छ […]

कोलकाताले दिल्लीबाट पायो १५४ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४७ औं खेलमा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सबाट १ सय ५४ रनको लक्ष्य […]

आइपीएल : कोलकाता र दिल्ली खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आज कोलकाता नाइटराइडर्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ । कोलकाताको घरेलु मैदान इडन […]

अभानी प्रिमियर लिग : अभानी र खुकुरीको जित

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा जारि अभानी प्रिमियर लिगमा अभानी क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबले जित निकालेका छन् । […]

विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ […]

हैदराबादमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४६ औं खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि सहज जित हात पारेको […]