साग महिला क्रिकेट : नेपालले कास्य पदकको लागि माल्दिभ्ससंग खेल्ने, बंगलादेश र श्रीलंका फाइनलमा

लिग चरणको अन्तिम खेलमा श्रीलंकासंग पराजित भएपछि दक्षिण एसियाली खेलकुद महिला क्रिकेट अन्तर्गत नेपाली महिला टिम फाइनल पुग्न असफल भएको छ।

शुक्रबार पोखरामा सम्पन्न खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। बंगलादेश यस अघिनै लिग चरणको सबै ३ खेल जित्दै फाइनल पुगीसकेको छ। नेपालले ३ मध्ये २ खेलमा हार र एउटा जित दर्ता गर्यो भने श्रीलंकाले २ जित र १ हार बेहोर्यो। माल्दिभ्सले तिन वटै खेल हार्यो।

अब महिला क्रिकेटको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंकाले आइतबार प्रतिस्पर्धा गर्नेछन्। यस्तै कास्य पदकको लागि शनिवार नेपाल र माल्दिभ्स बीच प्रतिस्पर्धा हुनेछ।

Srilanka Womens Cricket Team

खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको ११९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो।

नेपालको लागि कप्तान रुबिना क्षेत्रीले १९, कविता कुँवरले अविजित १३, करुणा भण्डारीले १२, अप्सरी बेगम र काजल श्रेष्ठले समान ११ रन बनाए। सिता राना मगर, इन्दु बर्मा र डली भट्ट खाता नखोली आउट भए। श्रीलंकाको बलिंगमा सचिनी निसानसालाले सर्वाधिक ३ विकेट, सत्या संदिपानीले २ विकेट हात पारिन्।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर ११८ रन बनाएको थियो। उसको लागि लाहिनी अप्सराले सर्वाधिक ३७, जनादी अनालीले ३५, सत्या संदिपानीले २२ तथा कप्तान हर्शिता माधवीले १६ रन बनाईन्।

नेपालको बलिंगमा सोनु खड्का र सरस्वति चौधरीले समान २/२ विकेट तथा अन्जली चन्दले १ विकेट लिईन्।

खेलमा नेपालले ४ वटा क्याच छुटाउनु तथा खराब फिल्डिंग गर्नु हारको प्रमुख कारण बन्नपुग्यो। सागको लागि ३ महिना अभ्यास गरेको नेपाली महिला टिमको प्रदर्शन त्यस अनुरुप रहन सकेन। हार पछि प्रतिक्रिया दिने क्रममा कप्तान रुबिना क्षेत्रीले टेस्ट रास्ट्र बिरुद्ध यतिको खेल खेल्नु ठुलो कुरा रहेको प्रतिक्रिया दिईन्।

 





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]